काठेखोलामा ३३ औं अन्तराष्ट्रिय अपांग दिवश मनाइयो

बागलुङ, १९ मंसिर । ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस बागलुङको काठेखोला गाउँपालिकामा विविध कार्यक्रम गरी मनाईएको छ । गाउँपालिकाले मंगलबार अपाङ्गता भएका व्यक्तिलाई सामाग्री तथा संरक्षकहरुलाई सम्मान गरेको थियो ।

गाउँपालिकाले काठेखोला गाउँपालिकाले वडा नं. १ का लाल बहादुर किसान, वडा नं २ का चन्द्रकली सुनार, वडा नं. ३ का सेति सार्की, वडा नं.४ का पवित्रा थापा, वडा नं. ५ का शिव कुमारी सुनार, वडा नं. ६ का छविकला कँडेल, वडा नं. ७ का नन्द बहादुर कार्की र वडा नं. ८ का पविकला चुनारा लाई उत्कृष्ट संरक्षकको रुपमा सम्मान गरेको छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाई लठ्ठी, ह्विलचियर, बैसाखी र ट्वाइलेट चियर लगायतका सहयोगी सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा विवाइसी, बागलुङ र फेरमेड संस्था मार्फत काठेखोला गाउँपालिका ७ रेशका सुकमाया घर्तिलाई तीन हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले अपाङ्गता भएका व्यक्तिका संरक्षकहरु साँच्चिकै महान भएको बताउनुभयो । उहाँले आफ्ना परिवारको पालन, पोषण, संरक्षणर रेखदेमा पु¥याउनुभएको योगदान, भूमिकाको कदर गर्दै सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, वडा नम्बर २ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्मा, कार्यपालिका सदस्य देवी थापा, न्यायीक समितिका सदस्य एवम अपाङ्गता भएका परिवारका संरक्षक चित्र कुमारी थापा सारदा, लोकतान्त्रिक अपाङ्ग संघ बागलुङका जिल्ला सदस्य जगुपति कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय अपाङ्गता समन्वय समिति काठेखोलाका संयोजक तेज बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सदस्य गंगा प्रसाद कंडेलले स्वागत मन्तव्य र गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख रश्मी गौतमले संचालन गर्नुभएको थियो ।