मान्यजनबाट बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं, ३० असोज । मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा आजै परेको जनाएको छ । समितिका अनुसार सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको हो ।

साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने बिहीबार परेको समितिले जनाएको छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

दसैंको सार्वजनिक बिदा सकिएपछि मंगलबारबाट सरकारी कार्यालय खुलेका छन् ।