बागलुङ, १ भदौ । अखिल नेपाल किसान महासंघ बागलुङको पाँचौ जिल्ला भेला शनिबार सम्पन्न भएको छ ।
गलकोट हटिया बजारमा भएको भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापा, गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, जिल्ला सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार टंक केसी, जिल्ला सदस्य तथा गलकोट नगर उपाध्यक्ष लाल बहादुर राना, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पुष्कर सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका भक्तिराम पुन, जातीय समता समाजका रन बहादुर बिक लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला भेलाले बेदिलाल सापकोटाको अध्यक्षतामा ३ सदस्यीय सल्लाहकार सहित ९ सदस्यीय अखिल नेपाल किसान महासंघ जिल्ला समिति बागलुङ चयन गरेको छ । समितिको उपाध्यक्षमा होम बहादुर पुन, सचिवमा खडक बिक, कोषाध्यक्षमा लिल बहादुर घर्ती र सदस्यहरुमा तुल्सीराम खरेल, दिल बहादुर पुन, लक्ष्मीदत्त आचार्य, भिमनाथ शर्मा र मेयरसिह छन्त्याल रहनु भएको छ । सल्लाहकारमा धर्म बहादुर कुँवर, गुमानसिह खत्री र गंगा थापा रहनुभएको छ ।
कार्यक्रम लक्ष्मीदत्त आचार्यको अध्यक्षता, लिल बहादुर घर्तीको स्वागत मन्तव्य र संचालन खडक बिकले गर्नु भएको थियो ।