विश्वकै ठुलो नगरा निर्माण गर्ने कालीगढ विश्वकर्मा सम्मानित

बागलुङ, १२ जेठ । विश्वकै ठुलो नगरा बनाउने मुख्य कालीगढलाई सम्मान गरिएको छ । गाउँमैत्री अक्षयकोष काठेखोला गाउँपालिका–४ तंग्रामले मुख्य कालीगढ रविलाल विश्वकर्मालाई नगद सहित सम्मान गरेको छ । विश्वकर्माले निर्माण गरेको नगरा विश्वकै ठूलो नगरा भएको दावी गरिएको छ ।

गाउँमैत्री अक्षयकोषले निर्माण गरेको जिमाक सांस्कृतिक संग्राहलय भवन उद्घाटन समारोहको अवसरमा विश्वकर्मालाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा र उपाध्यक्ष तेज बहादुर थापाले सम्मान गर्नुभएको थियो ।

वि.सं. २०७७ सालमा विश्वकर्माको अगुवाईमा १८ दिन लगाएर नगरा निर्माण गरिएको थियो । ९०० फिट लामो छालाको टुना प्रयोग भएको नगरामा१२ केजी फलामसहित २८० केजी तामा प्रयोग गरिएको छ । नगराको व्यास (गोलाई) ७ मिटर रहेको छभने साढे सात फिट उचाई रहेको छ ।

मुख्य कालीगढ रविलाल विश्वकर्मा लगायत जरसिंह वि.क., नरहरी थापा, पुर्ण बहादुर पुन, लाल बहादुर किसान, सर बहादुर परियार, जग बहादुर किसान, अमर बहादुर किसान लगायतका व्यक्तिहरु मिलेर उक्त नगरा निर्माण गरिएको थियो । नगरा निर्माण कार्यमा प्रत्यक्ष सहयोग पुराउने सबै कालिगढहरुलाई गाउँमैत्री अक्षयकोषले सम्मान गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here