जिल्ला लिगको उपाधि बाल जीवनलाई

अर्जुन कार्की ।
बागलुङ, ६ जेठ । डिफेन्डिङ च्याम्पियन बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ)ले जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आईतबार बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा सुरुवातमै एक गोलले पछि परेको बाल जीवनले उत्कृष्ट पुनरागमन गर्दै पावर फिटनेस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

पावर फिटनेसले पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएपनि त्यो लामो समय भने टिक्न सकेन् । बाल जीवनका डिफेन्डरको गल्तीमा प्राप्त गरेको बललाई बरदानले वान भर्सेज वानमा उत्कृष्ट फिनिसिङ गरेका थिए । बाल जीवनको लागि पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको साँतौं मिनेटमा मिलन थापाले गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।

दोस्रो हाफमा भने पावर फिटनेसले लगातार दुई गोल खान पुग्यो । बालजीवनका मिलनले खेलको ४५ औं मिनेटमा डिबक्स भित्र प्राप्त बललाई उत्कृष्ट गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए । बाल जीवनका विपुल कार्कीले दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको १० औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

लिग विजेता बालजीवनले नगद ७५ हजारसहित ट्रफी, मेडल र प्राप्त गर्दा उपविजेतामा सिमित पावर फिटनेसले ४५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै विधागत पुरस्कारमा पनि बाल जीवनका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पावर फिटनेसका वरदान थापा घोषित भएका छन् । बालजीवनका सौगात खड्का उत्कृष्ट गोलरक्षक, धनेन्द्र क्षेत्री उत्कृष्ट रक्षापंक्ति, प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ गोल गरेका निश्चल महतले उच्च गोलकर्ता र बागलुङ भगवती युवा क्लब (बागलुङ सुधार केन्द्र) ले फेयर प्लेको पुरस्कार जितेको आयोजक जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए । अध्यक्ष राजभण्डारीले सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीहरुले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गरेको जानकारी दिए ।

विजेता टोलीलाई गण्डकी प्रदेशका सांसद कृष्ण पाठक, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नम्बर १ का वडासदस्य सोम बोहरा लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता टोलीलाई गण्डकी प्रदेशका सांसद कृष्ण पाठक, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नम्बर १ का वडासदस्य सोम बोहरा लगायतले पुरस्कार वितरण गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here