अहिलेको शिक्षा प्रणाली परिवर्तन नगरे देश खतरामा पर्ने जोखिम बढ्योः केसी

बागलुङ, ८ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले अहिलेको शिक्षा प्रणाली परिवर्तन नगरे देश नै खतरामा पर्ने अवस्था रहेको बताएका छन् ।

मंगलबार धवलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं बार्षिकोत्स्वको मुल समारोहमा बोल्दै केसीले अहिलेको शिक्षाले नेपालमै बसेर काम गर्ने जनशक्ति उत्पादन गर्न नसकेकाले आमूल परिवर्तन गर्न जरुरी रहेको बताए । ‘अहिलेको स्वदेशमै बसेर उत्पादन क्षेत्रमा जोडिने भन्दा पनि विदेश जाने लहर चलेको छ । युवालाई विदेश लैजानको लागि क्याम्पस र विश्वविद्यालयमै पुगेर दलालहरुले विदेश कसरी जान सकिन्छ भन्दै ललाई फकाई गर्ने गरेका हुन्छन,’ केसीले भने,‘शिक्षाले नेपालमै बसेर काम गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ । तर, अहिले त्यस्तो भएको पाइदैन । त्यसैले अहिलेको शिक्षामा परिवर्तन नगरे देश नै खतरामा पर्ने अवस्था छ ।’

देशको प्रगतिका लागि शिक्षा प्रणाली निर्णायक हुने बताउँदै केसीले देशमा पढे लेखेका र शिक्षितहरुले देशमा केही हुन्न भन्ने गरेको र नेपालमा विकास निर्माण लगायतका अन्य काम गर्न विदेश र बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्थाको सिर्जना भइरहेको बताए । शिक्षाले नागरिकलाई यहाँको माटोसंग जोड्न नसकेका कारण यहाँ केही हुन्न भन्ने धारणा पैदा भएको उनले बताए । ‘यहाँ केही हुन्न भन्ने त थेगो भैसक्यो, केही हुन्न भन्दा भन्दै सबैकुरा बाहिरबाट ल्याउनुपर्ने भयो,’उनले भने,‘हाम्रा गाउँबस्तीहरु खाली भए जग्गा जमिन बाँझो भए ।’

केसीले संघीयता अहिले सवैलाई भारी परेको बताए । उनले मिसन २०८४ भन्ने पार्टी र सांसदहरुलाई अहिले काम नगर्ने भए पद छोडेर ८४ कुर्न सुझाव दिएका छन् । अहिलेको राजनीतिक भ्रष्ट्राचार र कमाउधन्दामा केन्द्रित भएका कारण व्यवस्था उल्ट्याउँछु भन्नेलाई बल पुगिरहेको केसीको भनाई छ । ‘हामी राजनीतिक दलहरुले संघर्ष गरेर यो व्यवस्था ल्याएका हौं,’ केसीले भने,‘दलहरुको गतिविधि ठिक नभएका कारण यो व्यवस्था उल्ट्याएर पुरानै व्यवस्थामा पु¥याउँछौं भन्नेलाई मलजल भएको छ । यसलाई निस्तेज पार्नका लागि दलहरुले आफ्नो चरित्र सुधारेर आउनु जरुरी छ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here