काठेखोलामा खेलकुद प्रशिक्षण सुरु

बागलुङ, १० मंसिर । बागलुङको काठेखोला गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रशिक्षण तालिम सुरु भएको छ ।

काठेखोला गाउँपालिका स्तरीय कला संस्कृति तथा खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि कराते, कबड्डी, फिल्ड, ट्रयाक र पिटी खेल सम्बन्धी प्रशिक्षण सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले खेलाडी उत्पादन गर्न बिद्यालयस्तरमा प्रशिक्षण आबश्यक रहेको बताउनुभयो । उहाँले तालिममा सिकेको कुरा ब्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, सामाजिक विकास समिति संयोजक खड्क बहादुर थापा, आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुन र कार्यपालिका सदस्य भुमा देवी पुनले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । तालिममा १२ जना प्रशिक्षकले १ हजार ५ सय जना बिद्यार्थीलाई प्रशिक्षण दिने काठेखोला गाउँपालिका स्तरीय कला संस्कृति तथा खेलकुद विकास समितिका अध्यक्ष टिका संगम विकले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष टिका संगम विकको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको स्वागत सहसंयोजक कृष्ण प्रसाद कँडेल र संचालन सदस्य मनु देवी शर्माले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here