बागलुङमा जीप दुर्घटना

बागलुङ, ३० कार्तिक । बागलुङमा जीप दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा परी बागलुङ नगरपालिका–१ रामरेखा बस्ने बर्ष ६० का कविराज थापा गम्भिर घाईते भएको जिप्रका बागलुङका प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलले बताए ।

घाईते थापाको धौलागिरी अस्पताल बागलुङमा प्रथामिक उपचारपछि उप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रनि भुजेलले जानकारी दिए । जीपमा चालक सहित दुई जना सवार रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here