ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

बागलुङ, २१ कार्तिक । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटन हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।

सोमबार राती बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा परि ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–२ का २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका–६ का ३२ बर्षिय अस्विन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए । मृत्तक पुन ट्याक्सी मालिक तथा ट्याक्सी व्यवसायी संंघ बुर्तिबाङका उपाध्यक्ष हुनभने परियार चालक हुन् ।

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपि केसीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here