
बागलुङ, २० कार्तिक । सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादी बागलुङ बजारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–६ का २४ बर्षीय सूर्य नेपाली रहेका छन् ।
नेपालीलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसूर मुद्दामा २०७९ साल असार २८ गते ३ महिना ६ दिन कैदको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले सोमबार बागलुङ बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । पक्राउ परेका नेपालीलाई प्रहरीले सोमबार नै लगत कट्टाको लागि बागलुङ जिल्ला अदालतमा पठाइएको डिएसपि केसीले जानकारी दिए ।