
बागलुङ, ८ कार्तिक । बागलुङमा एक पुरुष मृत फेला परेका छन ।
बागलुङको गलकोट नगरपालिका-११ का ५२ वार्षिय नर बहादुर राना बुधवार बिहान रिघाफेदी स्थित दरमखोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिए ।
बुधराबार बिहान गलकोट-११ का होम बहादुर सिंजालीले प्रहरी चौकी खर्वाङमा खोला किनारमा मृत अवस्थामा शव रहेको जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको डिएसपी केसीले बताए ।
दरम खोलाको किनारमा शव फेला परेकाले उनको मृत्यु बगेर भएको हो या अन्य कारणले भन्नेमा अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।










