एकिकृत घुम्ती शिविरमा तंग्रामका १४२ जनाको स्वास्थ्य परीक्षण

बागलुङ, २२ असोज । जिल्लाको काठेखोला गाउँपालिकाले संचालन गरेको एकिकृत घुम्ती शिविरको चौथो दिन सोमबार वडा नम्बर ४ तंग्राममा सम्पन्न भएको छ ।

गाउँपालिका कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई जनताको घर आँगनमा पुगेर सेवा दिने उद्देश्यले संचालित घुम्ती शिविरमा तंग्राममा ९ वटा योजना सम्झौता गरिएको छ । यस्तै शिविरमा १७९ जना जेष्ठ नागरिक परिचयपत्र र ४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । यस्तै ७५ जनाले कृषि तथा पशुसेवालिएका छन्भने ६० जनाले आयुर्वेद स्वास्थ्य सेवा र १४२ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका प्रबक्ता तथा कार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिए ।

शिविरको काठेखोला गाउँपालिका–४ तंग्रामका कार्यवाहक वडाअध्यक्ष नर बहादुर पुनले उद्घाटन गरेका थिए । शिविरमा काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, बक्ता टिकासंगमविक, लेखा अधिकृत माधव शर्मा, आलेप प्रमुख पुर्णप्रसाद सापकोटा र शाखा प्रमुखहरुको सहभागिता थियो ।

शिविरमा बागलुङ नगर अस्पतालका प्रमुख गरिमा खनालले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । यस्तै काठेखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डे, योजना शाखा अधिकृत उत्तम पौडेल, सुचना प्रविधि शाखा प्रमुख नारायण पौडेल, कृषि शाखा प्रमुख भावना रोका, पशुसेवा शाखाका प्रमुख होम बहादुर थापा, आर्युवेद शाखाका प्रमुख गोपाल शर्मा, रोगजार सेवा शाखा प्रमुख जनक पौडेल लगायत गाउँपालिकाका कर्मचारीहरुले सेवा प्रवाह गरेका थिए ।

वडा नम्बर १ देखि सुरु भएको एकिकृत घुम्ती शिविरमा चालु आर्थिक वर्ष २०८०/०८१ का विकास निर्माणका योजना सम्झौता, ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य सेवा, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवम पशुसेवा र बैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्यानकारी सेवाको सहजीकरण श्रम स्विकृति लगायतका सेवा प्रवाह गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here