लागुऔषध मुद्धामा गाउँपालिका अध्यक्ष घर्तीलाई उच्च अदालतले गर्यो दोषी ठहर

बागलुङ, २२ असाेज । उच्च अदालत पोखरा, बागलुङ इजलासले लागुऔषध मुद्धामा निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीलाई जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

आईतबार उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीसद्वय मदन पोखरेल र माधवेन्द्रराज रेग्मीको इजलासले जिल्ला अदालत बागलुङको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाई गर्दै पालिका अध्यक्ष घर्तीको हकमा जिल्ला अदालत बागलुङको २०७९ पौष ३ गतेको फैसलालाई नै सदर गरेको हो ।

वडाअध्यक्ष हुँदा गाँजा भण्डारण गरेको आरोपमा जिल्ला अदालत बागलुङले २०७९ साल पौष ३ गते घर्तीलाई लागुऔषध गाँजाचरेस सम्बन्धी मुद्धामा (लागूऔषध नियन्त्रण ऐन, २०३३) ३ वर्ष ६ महिना कैद सजाय र ५० हजार जरिवाना सजाय फैसला गरेको थियो । धरौटीमा रिहा भएका घर्तीले उक्त फैसला चित्त नबुझेपछि उच्च अदालत पोखरा, बागलुङ इजलाशमा पुनरावेदन गरेका थिए । उच्च अदालत पोखरा, बागलुङ इजलाशले आईतबार जिल्लाकै फैसलालाई सदर गर्दै ३ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए । उनले फैसलाको पूर्णपाठ आउन बाँकी रहेको बताए ।

घर्ती २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । पक्राउ पर्दा घर्ती निसीखोला गाउँपालिका–६ को वडाअध्यक्ष थिए । घर्तीलाई जिल्ला प्रहरी कार्यालय बुर्तिवाङका तत्कालिन प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा÷चरेस–नियन्त्रण ऐन २०३३ को दफा ४ (क) अनुसार मुद्धा दर्ता भएको थियो ।

पक्राउ परे लगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा रिहा भएकोले घर्तीले वडा अध्यक्षको काम नियमित रुपमा गरेका थिए । गत बर्ष गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका छन् । जिल्ला अदालत बागलुङले दोषि ठहर गर्दै फैसला गरेपनि उनी पुनरावेदन गरेर गाउँपालिकाको नियमित काम गर्दै आएका थिए ।

अधिवक्ता राम शर्माले दोषि ठहर भएका गाउँपालिका अध्यक्ष घर्ती अब जेल जानुपर्ने बताए । दुवै अदालत (जिल्ला र उच्च)ले दोषि ठहर गरेकोले अध्यक्ष पद नरहने र जेल जानुपर्ने बताए । ‘गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती अब जेल जानुपर्छ’ शर्माले भने,‘सर्बोच्चले अनुमति दिए मात्र माथी जाने अधिकार रहन्छ ।’ घर्ती पुनरावेदन गर्नको लागि सर्वोच्च अदालत जान पाउने अधिकार सुरक्षित भएपनि त्यसको लागि सर्वोच्च अदाततले अनुमति दिनुपर्ने अभिवक्ता शर्माले भनाई छ ।

अधिवक्ता शर्माले दुई वटा अदालतले दोषि ठहर गरेकोले निर्वाचन आयोगमा उजुरी परेमा पद खारेज हुने र निसीखोला गाउँपालिकाको अध्यक्ष पदमा पुनःनिर्वाचन हुनुपर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here