मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो जाँदा बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध

बागलुङ, १८ असोज । सुख्खा पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्लाको गलकोट नगरपालिका–३ चौराहा स्थित मध्यपहाडी लोकमार्गमा बिहिबार साँझ ६ बजे खसेको सुख्खा पहिरोले बागलुङ–बुर्तिबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । पहिरो बाटोदेखि १५ मिटर माथिबाट खसेको छ ।

पहिरो हटाइ बाटो खुलाउनको लागि प्रहरी चौकी हटियाका प्रहरी हवल्दार छक प्रसाद पाठकको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएको प्रनाउ केसीले बताए ।

पहिरोको कारण बागलुङ बजारबाट गलकोटको हटिया, बुर्तिबाङ, रोल्पा जाँदै गरेका र गलकोट, बुर्तिबाङ, रोल्पाबाट बागलुङ, पोखरा र काठमाडौं आउँदै गरेका सवारी साधन विचमा रोकिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here