बागलुङमा लागूऔषधसहित तीन जना प्रकाउ

बागलुङ, १४ असोज । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा डेरा गरी बस्ने २७ वर्षीय पूर्णबहादुर कुँवर, पर्वत जलजला गाउँपालिकाका २८ वर्षीय विश्व गर्बुजा मगर र भारत सिक्किम घर बताउने ५९ वर्षीय भिमबहादुर क्षेत्रीलाई शुक्रवार उपल्लाचौरबाट लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रहरीले पूर्णबहादुर कुँवर सुत्ने खाटबाट कलर लाइफ लेखिएको भिर्ने झोला भित्र ¥यापिङ गरेको अवस्थामा १ सय ५९ एम्पुल लागूऔषध फेला पारेको छ । प्रनाउ केसीले उनीहरु सङ्गबाट डायजेपाम इंजेक्शन आइपी लेखेको ५३ एम्पुल, फेनेरागन इंजेक्शन लेखिएको ५३ र बुप्रेनोर्फिन इंजेक्शन ५३ एम्पुल लागूऔषध बरामद गरेको बताए ।

लागूऔषधसहित प्रकाउ परेका तीनजनालाई जिल्ला अदालत बागलुङबाट लागूऔषधसम्बन्धि मुद्धामा ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here