पर्वतमा बाढीले बगाएको जीप र एक यात्रुको शब फेला

बागलुङ, १३ असोज । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा आएको बाढीले बगाएको जीप र एक यात्रुको शब फेला परेको छ ।

जीप मोदीखोला भन्दा केही माथि जम्बुर भन्ने ठाउँमा हिलोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जीपमा सवार एक यात्रुको शब समेत भेटिएको जिप्रका पर्वतका प्रहरी नायव उपरीक्षक (डिएसपि) खुमलाल भुषालले जानकारी दिए । शबको सनाखत भएको छैन । जीप पुरिएको र पाट्सहरु यत्रतत्र छरिएको अबस्थामा फेला परेको हो । बेपत्ता अझै दुई जनाको खोजी भइरहेको प्रनाउ भुषालले बताए ।

मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले बागलुङदेखि पोखरा जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो जीप बगाएको थियो । चार जना सवार उक्त जीपमा चालकले हाम्फालेर ज्यान बचाएका छन्भने तीन जना बेपत्ता रहेका छन् । सवारी चालक कास्की हेम्जाका बसन्त बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जीप बागलुङ भगवती यातायात प्रालीको हो । बेपत्ताहरु बागलुङबाट पोखराको लागि जीपमा चढेको चालक थापाले बताएका छन् । बेपत्ता तीन जना नै पुरुष हुन् । तर, उनीहरुको परिचय खुलिसकेको छैन । बेपत्ता मध्य १ जना अर्धबैशे पुरुष बागलुङ नगरपालिका–२ जीपपार्क चोकबाट र दुई युवा लोकतान्त्रीक चोक (बाघको शालीक)बाट चढेको सवारी चालक थापाले प्रालीलाई जानकारी दिएका छन् ।

खोलामा जीप फसेपछि पछाडीको टायरमा लागेको ओएट हटाउन बाहिर निस्केको बेला खोलामा रुख र लेदो सहितको बाढी आएको र यात्रुहरुलाई निस्कन भन्दाभन्दै बाढीले जीपसहित यात्रुलाई बगाएको सवारी चालक थापाले जानकारी दिएको प्रालीका राजकुमार क्षेत्रीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here