बागलुङदेखि पोखरा जाँदै गरेको जीप पर्वतमा खोलाले बगाउँदा तीन जना बेपत्ता

पर्वत, १३ असोज । बागलुङदेखि पोखरा जाँदै गरेको जीप पर्वतमा खोलाले बगाउँदा जीपसहित तीन जना बेपत्ता भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा पर्ने मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो बगाउँदा जीपसहित तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए ।

प्रनाउ भुषालले जीपमा सवार यात्रुहरुको नामावली नखुलेको बताए । एक्कासी आएको बाढीको अवस्था बुझन सवारी चालक जीपबाट झरेको बेलामा एक्कासी आएको बाढीले सवारी सधान बगाएको प्रनाउ भुषालले बताए ।

सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता जीप र यात्रुहरुको खोजी भइरहेको प्रनाउ भुषालले जानकारी दिए । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here