लागुऔषध मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

बागलुङ, १० असोज । लागुऔषध कसुर मुद्दाकी एक फरार महिला प्रतिवादी ८ वर्षपछि पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले फरार निसीखोला गाउँपालिका–६ बस्ने वर्ष ५३ र्की रिता घर्ती मगरलाई बुधबार प्रक्राउ गरिएको जनाएको छ । मगरलाई बागलुङ जिल्ला अदालतले २०७२ साल असार १७ गते लागु औषध कसुर मुद्दामा १ वर्ष २२ दिन कैद र ११ हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरी चौकी निसीबाट खटिएको प्रहरीको टोलीले मगरलाई निसीखोलाको चुसिबाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । पक्राउ परेकी मगरलाई लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको प्रनाउ केसीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here