कुशल मल्लको विश्व कीर्तिमान : टी २० आईमा सर्वाधिक छिटो शतक प्रहार

काठमाडौं, १० असोज । नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्ल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै उक्त दुर्लभ विश्व कीर्तिमान बनाएका हुन् । कुशल ३५ बलमा ६ चौका र १० छक्कासहित १ सय ७ रनमा क्रिजमा छन् ।

यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए ।

टि२० कुनैपनि खेलमा सर्वाधिक छिटो शतक क्रिस गेलको नाममा छ । गेलले २०१३ को आइपिएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए ।

२०१८ मा भारतीय ब्याटर ऋषभ पन्तले दिल्लीबाट हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक हानेका थिए । ओडिआईमा भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममा ३१ बलमा शतकको कीर्तिमान छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here