गण्डकीका वनमन्त्री थापाको सम्पत्तिः जिप र ट्याक्टर सहित १७ तोला सुन

बागलुङ, ४ असोज । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बल्ल (बिहिबार) सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार बिहीबार साँझ सार्वजनिक गरिएको हो ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापासँग जिप, ट्याक्टर, र फार्मेसी पसल छ । थापाको बागलुङ नगरपालिका ३ मा घरजग्गा छ । अंशबण्डा नभएको पैतृक सम्पतिका रुपमा बागलुङ– ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन् ।

थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ । २ लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन् । थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।

वनमन्त्री थापाले व्यापार व्यवसायबाट पिकअप गाडी ११ लाख ५० हजारर ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर खरिद गरेको खुलाएका छन् । थापाले १ लाख ६० हजार रुपैयाँ बराबरको २ भैंसी रहेको बताएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here