घरमै काम गर्ने युवतीले १६ तोला सुन चाेरेकाे आराेप

पोखरा,२७ भदौ ।  सुनका गरगहना चोरी गरेको अभियोगमा कास्की प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका २, घर भइ हाल पोखरा १२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी पक्राउ परेकी छन् । यस्तै चोरीका गहना लुकाउने पोखरा बुद्धचोकस्थित एक मोबाइल पसलका सञ्चालक सुजन अधिकारी समेत प्रहरीले नियन्त्रणमा छन् ।

पशु सेवा तालिम केन्द्र कार्यालय, पोखरा १२ परिसरको आवास कोठामा बस्नेले अन्दाजी १६ तोला बराबरका सुनका गरहगना चोरी भएको भन्दै कास्की प्रहरीमा निवेदन दिएकोमा अनुसन्धानका लागि प्रहरीले उक्त आवासमा काम गर्ने चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा सुनका गरगहना चोरी गरी मोबाइल पसलमा लुकाएको खुलेपछि पसल खानतलासी १६ तोला बराबरका विभिन्न सुनका गरगहना भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जनाए ।

प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसूरमा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here