
बागलुङ, २५ भदाै । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले मोतिहारी विहार प्रदेश घरभई हाल बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ बस्ने ३४ बर्षीय राम बामबाबु कुमारलाई प्रक्राउ गरिएको जनाएको छ ।
कुमारलाई बागलुङ जिल्ला अदालतले अपहरण, शरीर बन्धक तथा ज्यान पार्ने उद्योग मुद्धामा २०७६ साल असार २५ गते २ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसाला सुनाएको थियो ।
इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले कुमारलाई पक्राउ गरी लगत कट्टाको लागि सोमबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।