
बागलुङ, ६ भदौ । काठमाडौंबाट पोखरा हुँदै बेनीतर्फ जाँदै गरेको ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहरामा भएको दुर्घटनामा ६ पुरुष र २ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चार जनाको मात्रै नामथर खुलेको छ । बाँकी चार जनाको खुल्न बाँकी छ ।
धादिङ प्रहरीका अनुसार म्याग्दी रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका १ का गुरुदत्त शर्मा पौडेलको छोरी १५ वर्षीया कृतिका शर्मा, धादिङ गजुरीगाउँपालिका–८ का २४/२५ वर्षीया सविन रम्तेल र कास्की जिल्ला फुलबारी ११ बस्ने २४÷२५ बर्षीया सुमन थापाको मृत्यु भएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको टिचिङ अस्पताल मलेखु र काठमाडौंमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार टिचिङ अस्पतालमा उपचार पछि पर्वतको मोदी गाउँपालिका–१ का ४१ बर्षीय गुरुदत्त पौडेल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा बस चालक म्याग्दी जिल्ला बेनी नगरपालिका–६ का ३० बर्षीय दिपक थापा, बेनी नगरपालिका–३ का २४ बर्षीय पुर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ का १९ बर्षीय कुशल अधिकारीलाई काठमाडौं रिफर गरिएको छ । यस्तै परिचय नखुलेका ३०/४० एक महिला र ३०/३५ र ३५/३६ बर्षका दुई पुरुषलाई पनि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा प्राथमिक उपचारपछि काठमाडौं रिफर गरिएको छ ।
यस्तै काठमाडौं कृतिपुर नगरपालिका–९ का ५२ बर्षीया खड्क कुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ की १६ बर्षीया गिता जंजाली मगर, बागलुङकी १९ बर्षीया शुस्मा क्षेत्री, पर्वत फलेवास नगरपालिका–६३ की हरिकला गौडेल, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ बर्षीया अञ्जु राना मगर, रघुगंगा गाउँपालिका–७ का २९ बर्षीय प्रविन पुन, रघुगंगा गाउँपालिका–६ की २३ बर्षीया रिना मगर र बंगलादेशका ३२ बर्षीय मोहमद हजिरहुलको गजुरी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं रिफर गरिएको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
यस्तै बागलुङ जिल्ला गलकोटका ६८ बर्षीय ज्ञानु बुढा मगरको गजुरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।
सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका ६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्वार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एकजना यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको छ । नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको प्रहरीको अनुमान छ ।
बुधबार बिहान सवा ११ बजे बस त्रिशूली नदीमा खसेको थियो ।
घाईतेहरुको विवरण:
टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरु ;-
१) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम काठमाण्डौ रिफर
प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा उपचारार्थ घाईते ;-
१) बस चालक जिल्ला म्याग्दी बेनि न.पा ६ बस्ने बर्ष ३० को दिपक थापा टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौं रिफर ।
२) जिल्ला म्याग्दी बेनी न.पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
३) ऐ, अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
४) नामथर वतन नखुलेको अं. बर्ष ३०/४० कि महिला शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर, काठमाण्डौ रिफर ।
५) नामथर वतन नखुलेको अं. ३०/३५ को पुरुष शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर ।
६) नामथर वतन नखुलेको अं. बर्ष ३५/३६ को पुरुष टाउको र हातमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर
गजुरी अस्पताल प्रा.लि उपचारार्थ घाईते ;-
१) जिल्ला काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अबस्था सामान्य काठमाण्डौ रिफर ।
२) जिल्ला म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौं रिफर ।
३) जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौ रिफर ।
४) जिल्ला पर्वत फलेवास न.पा बस्ने बर्ष अं. ६३ कि हरिकला गौडेल घाँटीमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
५) जिल्ला म्याग्दी अन्पुर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर ।
६) जिल्ला म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविन पुन टाउकोमा चोट अबस्था गम्भिर, काठमाण्डौ रिफर ।
७) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट, काठमाण्डौ रिफर ।
८) जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगर टाउको र ढाडमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
९) जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट अबस्था सामान्य , डिस्चार्ज भईसकेको ।










