काठमाडौंबाट बेनी आउँदै गरेको बस त्रिशूलीमा खस्यो

बागलुङ, ६ भदौ ।  काठमाडौंबाट म्याग्दीको सदरमुकाम बेनी बजार आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङस्थित गजुरी–२ को चालिसेमा दुर्घटना भएको छ ।

बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भने । घाईतेलाई उपचारको लागि काठमाडौ पठाउन लागेको डिएसपी जयसवाल बताए ।

बसमा २३ जना सवार रहेको बताइएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here