सावित्राको डेब्यु गोलमा होपएल रानाना विजयी

काठमाडौं, १ भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् ।

होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् । सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् ।

फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे ।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे ।

क्लबले अब प्रतियोगिताको अर्को चरणमा प्रतिस्पर्धा गर्नेछ ‌। उक्त खेल सोमबार हुनेछ ।

रानानाले लिग यात्राभने अगस्टको अन्तिमबाट सुरु गर्नेछ । लिगमा ८ टोलीबीच झन्डै ७ महिनासम्म लिग चल्नेछ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here