नदीजन्य पदार्थको कर राजस्व हिनामिना आरोप लागेका बागलुङ नगरका उपप्रमुखसहित ५ जनाले पाए सफाइ

बागलुङ, २४ साउन । नदीजन्य पदार्थको कम कर उठाएर राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५ जनाले सफाइ पाएका छन् ।

विशेष अदालतले बुधबार फैसला गर्दै उनीहरुलाई निर्दोष ठहर गरेको हो ।

नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडाध्यक्ष जिवन आचार्य, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र राजस्व शाखा सदस्यसचिव काशिराम शर्माले सफाई पाएका हुन् ।

यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको हो । आरोपी सबैविरुद्ध जनही ३४ लाख ८० हजार एक सय ३२ रुपैयाँ बिगो दाबी गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here