बागलुङमा नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ

बागलुङ, २१ साउन । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।

नाबालक छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बागलुङको निसीखोला गाउँपालिका ४ बडाचौरका २४ बर्षिय विरु विक र निजकी श्रीमती ३० बर्षिया सबिना विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले बताए ।

बिहिबार राती श्रीमान श्रीमती विच विवाद हुँदा दुई महिनाको नाबालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बुझारिएर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले बताए । उनले घटनाको जानकारी पछि हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान अगाडी बढाएको बताए ।

प्रहरीले जिल्ला अदालत बागलुङमा आईतबार ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रनाउ केसीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here