सुनौलो बागलुङको अध्यक्षमा प्रतेल चयन

बागलुङ, २० साउन । सामजिक कार्यमा सक्रिय सुनौलो बागलुङ संस्थाको अध्यक्षमा दिलिप प्रतेल सर्वसम्मत चयन भएका छन् ।

संस्थाको शनिबार सम्पन्न दोस्रो साधारणसभाले प्रतेलको अध्यक्षतामा ११ सदस्य नयाँ समिति सर्वसममत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा निशा थापा, सचिवमा बविन आचार्य, सहसचिवमा मनिषा ढुङ्गाना र कोषाध्यक्षमा तेरुसा पुन रहनु भएको छ ।

सदस्यमा युवराज पौडेल, स्मृति विश्वकर्मा, रोशनी भुजेल, उर्मिला थापा मगर, लक्ष्मण श्रीस र सञ्जु थापा चयन हुनु भएको छ । सल्लाहकारमा ताराप्रसाद शर्मा, मदन कार्की, मिना परियार, दिलिप पुलामी मगर र फटिक थापालाई चयन गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here