प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान ८: ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा दाहालको निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

डा. युवराज शर्माले विज्ञप्ति जारी गर्दै ६९ वर्षीया दाहालको निधन भएको जनाएका छन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको हो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन् ।

उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो ।

यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन । मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here