मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटनाग्रस्त

सोलुखुम्बु, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ ।

बिहान १०:०५मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।  ‘च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्, ६ जना व्यक्ति चढेका रहेछन्’ कार्कीले भनिन् ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकोप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेका लुक्ला विमानस्थलका एटिसि अफिसर सागर कँडेलले जानकारी दिए ।

हेलिकोप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्याण्ड ओभर गर्ना साथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटिसि अफिसर कँडेलको भनाइ छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here