जैमिनीका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

बागलुङ, २१ असार । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका जनप्रतिनिधिहरुको लागि दुई दिने दुई दिने नेतृत्व विकास र उद्घोषण कला तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा तालिम आयोजना गरिएको थियो ।

मंगलबारदेखी शुरु भएको तालिम बुधबार सम्पन्न भएको छ । दुई दिने नेतृत्व विकास र उद्घोषण कला तालिमको मंगलबार नगरउपप्रखु हरिहर शर्माले उद्घाटन गर्नुभएको थियो भने बुधबार नगप्रमुख नर बहादुर पुनले समापन गर्नुभएको थियो ।

जनप्रतिनिधि अथवा नेतामा हुनपर्ने गुणहरु, नेता बन्नका लागि आवश्यक शैद्धान्तिक ज्ञान, भाषण तथा उद्घोषण कलाका विषयमा दुई दिनसम्म नगरपालिकाका नगरप्रमुख सहित नगर उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरुलाई तालिम प्रदान गरिएको छ ।

कार्यक्रममा समापनमा बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले असल नेतृत्वका लागि सिप तथा ज्ञान आवश्यक रहेकाले यस्ता तालिमहरु जनप्रतिनिधिका लागि समेत आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख हरिहर शर्माले जनप्रतिनिधिको रुपमा काम गर्दा धेरै समस्या आउने र सबैको बिचमा बसेर छलफल गरेमा समाधान गर्न भाषण तथा उद्घोषण तालिमले सहज हुने बताउनुभयो ।

तालिमको पहिलो दिन जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेतामा र नेतृत्वजमा हुनुपर्ने आवश्यक ज्ञान र जनतालाई समन्वय गर्ने विषयमा सहजीकरण गर्नुभएको थियो । यस्तै तालिमको दोस्रो दिन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका तालिम संयोजक दिपेन्द्र श्रेष्ठले उद्घोषण र भाषण कलाका विषयमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष जिबनकला खत्री सरिताको अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन पत्रकार महासंघका सचिव विजय रानाले गर्नुभएको थियो । तालिममा जैमिनी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य सहित ३५ जनाको सहभागीता रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here