दरमखोलाले बगाउँदा गलकोटमा एक जनाको मृत्यु

फाइल फोटो

बागलुङ, १९ असार । दरमखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् ।

जिल्लाको गलकोट नगरपालिकामा निमाणर्धिन रहेको दरमखोला हाइड्रोपावरमा लेवरको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट नगरपालिका-११ बस्दै कार्की पौडी खेल्ने क्रममा साँझ ६ बजे बेपत्ता भएका थिए ।

वेपत्ता भएका कार्कीलाई प्रहरी टोलीले बेपत्ता भएको स्थानदेखि ४ किलोमिटर पूर्व खोलाको बिच भागमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here