लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ, १२ असार । लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

लागुऔषध (गाँजा चरेश) मुद्दाका फरार प्रतिवादी गलकोट नगरपालिका–१० का ४० बर्षिय बिशाल घर्ती मगरलाई ईलाका प्रहरी चौकी गलकोटबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

मगरलाई जिल्ला अदालत बागलुङले २०७२ असोज २ गते लागुऔषध (गाँजा चरेश) सम्बन्धि कसूर मुद्दामा २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । अदालतले फैसला गरेपनि मगर फरार थिए ।

कैद र जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिबादी मगरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार बागलुङ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here