डाेटीमा भूकम्पको त्रास

खगेन्द्रबहादुर सिंह
डाेटी, २६ कार्तिक । बझाङकाे खप्तड छान्ना गाउँपालिकाकाे पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ रेक्टरस्केलकाे भूकम्प जाँदा डाेटीमा फेरि त्रास फैलिएकाे छ । यहाँका स्थानीयहरू घर बाहिर बसिरहेका छन् ।
गत मंगलबार राति गएकाे भूकम्पका कारण ठुलाे मानवीय तथा भाैतिक क्षति व्यहाेरिरहेकाे गैरागाउँमा पनि अहिले गएकाे भूकम्पले फेरि दुईवटा घर भत्किएकाे बताइएकाे छ ।
अहिलेकाे भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्बीचाैकी गाउँपालिकाकाे पाेखरीमा समेत ३ वटा घरहरू भत्किएकाे जनाइएकाे छ ।
चिसाे माैसम भएका कारण अहिले स्थानीयहरू घर बाहिर आगाे ताप्दै बसिरहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here