आजकाे मौसमः मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, २० असोज । हिलाम्मे बनाएको दसैँ आजको दिन पनि मौसम बदली हुँदा देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती  प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै  ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश का केही,  कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ। सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना  छ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here