कैदीबन्दीलाई दशै खर्च खसी र कुखुरा उपहार !

बागलुङ, १६ असोज । जिल्ला कारागार बागलुङमा रहेको कैदीबन्दीलाई दशै खर्च स्वरुप स्थानीय जातको खसी र कुखुरा उपहार प्रदान गरिएको हो ।

उद्योग वाणिज्य संघ बागलुङले कैदी जीवन विताई रहेको नागरिकलाई वडा दशैको अवसरमा चाडलाई खुसीका साथ मनाउन आवश्यक पर्ने खाद्यन्न र मासुको लागि आवश्यक खसी र कुखुरा प्रदान गरेको हो ।

खाद्य सामाग्री हस्तान्तरण पछि बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जहाँ जुन अवस्थामा भए पनि चाडपर्वलाई आफ्नो क्षमता अनुसार मनाउनुपर्ने बताउनुभयो । ‘बाध्यता, परिवन्धन जस्ता परिस्थितीले समस्या आउँछन’ उहाँले भन्नभयो–‘आफ्ना मौलिक संस्कृतिलाई परिस्थिती अनुसार मनाउनु सक्नुपर्छ ।’

उद्योग वाणिज्य संघले हरेक बर्षको दशैमा कैदीबन्दीलाई मासु तथा खाद्यन्न उपलब्ध गराउँदै आएको संघका सदस्य विष्णुराज पन्तले जानकारी दिनुभयो । वडा दशैमा जसोतसो मिठो मसिनो खाने चलन रहेको हुँदा कैदीबन्दीलाई सहयोग गरेको उहाँले बताउनुभयो ।

जिल्ला कारागारमा १५६ जना कैदीबन्दी छन् । दशैको टिका जेल भित्रै लगाउने व्यवस्था मिलाइएको छ । कैदीबन्दीले तयार गरेका मुढा नविक्दा यो बर्ष उनी आर्थिक रुपमा पनि समस्यामा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here