जीप दुर्घटनामा ८ जनाको मृत्यु, एक जना घाईते

सल्यान, १२ असोज । सल्यानमा भएको जीप दुर्घटनामा हुँदा ८ जनाको मुत्यु भएको छभने १ जना घाईते भएका छन् ।

राप्ती राजमार्गको कपुरकोट ३ मुलपानीमा रा १ ज ५६३ नम्वर जीप विहान भएको दुर्घटनामा १ जना महिला ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट-६ का स्थानीयहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । सडक दुर्घटना परी मुत्यू हुनेमा कपुरकोट गा.पा.६ जलबाँङग का २१ वर्षका जितबहादुर बोहोरा, ३७ वर्षका धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली निजकै छोरा ११ वर्षका बसन्त ओली रहेका छन् । यस्तै ३० वर्षका सुरेश खत्री, ७० वर्षिय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ को ललित ओली रहनुभएको छ ।

बाँकेको ढकेरीबाट बिहेबाट कपुरकोट ६ रीम फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको हुन् । जीप राप्ती राजमार्गमा अनियन्त्रित भएर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख दामोदर केसी सहित २२ प्रहरी लगायत स्थानीय उद्धारमा खटिएका छन् । घटनास्थल सल्यान सदरमुकाम खलंगावाट अन्दाजी ४० कि.मी.पुर्बमा पर्दछ । दुर्घटना परेकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भैरहेको सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here