शैक्षिक सामाग्री हस्तान्तरण

बागलुङ, ९ असोज । लायन्स क्लब अफ बागलुङले काठेखोला गाउँपालिका–२ भीमापोखराको एक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

क्लबले शनिबार काठेखोला–२ भीमापोखराको शिवालय आधारभूत विद्यलयका विद्यार्थीलाई पोशाक, स्टेशनरी, सावुन, कोलकेट तथा विद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तकहरु हस्तान्तरण गरेको हो । क्लबले १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष प्रेम केसीले बताउनुभयो ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा काठेखोला–२ भीमापोखराका कार्यवहाक वडा अध्यक्ष भीम बहादुर केसी, क्लबका एडिशनल क्याविनेट ट्रेजर राजु गौतम, जोन चियरपर्सन केशव सापकोटा, विद्यालयकी निमित्त प्रधानाध्यापक शारदा शर्मा, समाजसेवी रामप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्लबका अध्यक्ष प्रेम केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा फस्ट भीपि ईश्वरलाल राजभण्डारी, शिक्षक रिमा सुनार तथा क्लबका सचिव राजु केसीको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here