चन्द्र प्राविको अध्यक्षमा थापा चयन

बागलुङ, ३१ भदौ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको चन्द्र प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शसिमाया थापा चयन हुनुभएको छ ।

विद्यालयको विहिबार सम्पन्न अभिभावक भेलाले थापाको अध्यक्षतामा ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको हो । समितिको सदस्यहरुमा टिकाराम पुन, भिम बहादुर जेल्मी, हर्क बहादुर पुन, जमुना थापा, मनिषा पुन, वडा प्रतिनिधि सम्झना थापा, शिक्षक प्रतिनिधि तिलक कुमारी पुन र सदस्य सचिवमा प्रधानाध्यापक गिर बहादुर पुन चयन हुनुभएको छ ।

यस्तै भेलाले हिरा थापाको संयोजकत्वमा ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यहरुमा गणेश बहादुर जेल्मी, गिरी प्रसाद थापा, मञ्जु पुन, अमृता थापा, शसिमाया थापा र शिक्षक प्रतिनिधि सुकमाया पुन चयन हुनुभएको छ । भेलाले वडा अध्यक्ष लक्ष्मण पुनको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा गंग बहादुर थापा, दिल बहादुर पुन, भुवनसिङ थापा, हरिभक्त थापा र भुवन बहादुर थापा रहनुभएको छ ।

भेलाको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिका गाउँ कार्यपालिका सदस्य टिका संगम विकले शैक्षिक विकासको लागि शिक्षक र अभिभावकहरुले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक अवस्थाको बारेमा अभिभावकहरुले अनुगमन गर्नुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा पूर्व वडा सदस्य टिकाराम पुन र समाजसेवीहरु दिल बहादुर पुन, कृष्ण पुन र हरिभक्त थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा सम्पन्न भएको भेलाको उद्घाटन कार्यक्रमको संचालन शिक्षक सुकमाया पुनको स्वागत र प्रधानाध्यापक गिर बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here