
बागलुङ, ३० भदौ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार र उत्तरदायी सरकार’ भन्ने नाराका ५८ औं राष्ट्रिय बाल दिवस बुधबार काठेखोला गाउँपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा काठेखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधबार बक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता र हस्तलेखन प्रतियोगिताको आयोजना गरी मनाइए हो । शाखाले आयोजना गरेको बालमैत्री समाजको आधार, जिम्मेबार परिवार र उत्तरुदायी सरकार विषयक बक्तृत्वकला प्रतियोगितामा कक्षा ११–१२ तर्फ वडा नम्बर ४ तंग्रामको धारा माध्यमिक विद्यालयकी इच्छा सुनार प्रथम, वडा नम्बर ६ विहुँको भिमसेन माध्यमिक विद्यालयकी मेनुका थापा द्धितिय र वडा नम्बर ५ विहुँको अमर माध्यमिक विद्यालयका अजय सुनार तृतीय भएका छन् ।
यस्तै कक्षा ९–१० तर्फ वडा नम्बर ८ लेखानीको लेखानी माध्यमिक विद्यालयकी मञ्जु कंडेल प्रथम, वडा नम्बर ३ धम्जाको जनता माध्यमिक विद्यालयकी मुना निउरे द्धितिय र वडा नम्बर ७ रेशको रेश नुनथला माध्यमिक विद्यालयकी प्रमिशा गौतम तृतीय भएका छन् ।
यस्तै दिवसको असवरमा आयोजित बालमैत्री विद्यालय र समाज शिर्षकको चित्रकला प्रतियोगितामा कक्षा ६–८ तर्फ वडा नम्बर ६ विहुँको अमृतपानी आधारभूत विद्यालयकी बर्षा सुनार प्रथम, वडा नम्बर ४ तंग्रामको धारा माध्यमिक विद्यालयका आषिश पुन द्धितिय र वडा नम्बर २ भीमापोखराको शिवालय आधारभूत विद्यालयका सन्दिप बि.क. तृतिय भएका छन् । त्यसैगरि कक्षा ४–५ तर्फ वडा नम्बर ८ लेखानीको सरस्वति प्राथमिक विद्यालयका गोविन्द दर्जी प्रथम, वडा नम्बर ६ विहुँको अमृतपानी आधारभूत विद्यालयका सन्जय बि.क. द्धितिय र वडा नम्बर ८ लेखानीको लेखानी माध्यमिक विद्यालयका निश्चल श्रीस तृतीय भएका छन् ।
त्यसैगरि कक्षा १–३ का विद्यार्थी सम्मिलित हस्तलेखन प्रतियोगितामा वडा नम्बर ३ धम्जाको युनिक आधारभूत विद्यालयकी विहानी रोका प्रथम, धम्जाकै जनता माध्यमिक विद्यालयका अंकित किसान द्धितिय र वडा नम्बर २ भीमापोखराको सिनर्जी बोडिङ स्कुलकी स्वस्तिका गौतम तृतिय भएका छन् ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समितिका सदस्य एवं वडा नम्बर ४ का वडाअध्यक्ष लक्ष्मण पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठेखोला गाउँपालिका सामाजिक विकास समितिका संयोजक खडक थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षा अधिकृत रमा उचै र संचालन श्रोत व्यक्ति रामानन्द कंडेलले गर्नुभएकोे थियो ।