बागलुङ नगर खानेपानी संस्थामा लगाईएको ताला खुल्यो

बागलुङ, २६ भदौ । बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा लगाइएको ताला खुलाइएको छ ।

राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटीले खानेपानी संस्थामा शुक्रबार लगाएको ताला आईतबार खुलाएको हो । युवा संघका नेता र नगर खानेपानी संस्थाका उपाध्यक्ष र प्रबन्धक सहितको बैठकले ५ बुँदे सहमति गरेर ताला खुलाएको छ ।

बैठकले बागलुङ नगर खानेपानी बागलुङले उपभोक्ताको धारामा सफा पानी वितरण गर्ने र आगामी माघ मसान्त पश्चात शुद्ध र सफा पिउने पानी खुवाउने प्रतिबद्धता गर्ने निर्णय गरेको युवा संघ बागलुङका अध्यक्ष निकेश अधिकारीले बताए । यस्तै बैठकमा नगर खानेपानी तथा उपभोक्ता संस्थाको विधान संशोधनको सम्पूर्ण प्रक्रिया पुरा गरि बागलुङ नगरपालिकामा पठाइएको र सो विधान प्रमाणिकरण गरि आएपछि निर्वाचनको मिति तय गर्ने जनाएको छ ।

यस्तै बैठकमा संस्थाले रिक्त रहेको प्राविधिक पदमा छिटो भन्दा छिटो समितिको बैठक बसी दक्ष प्राविधिक नियुक्त गर्ने प्रतिबद्धता गरेको छ । बैठकको निर्णयमा बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका उपाध्यक्ष निरज शाक्य, प्रबन्धक हिमाल शर्मा, युवा संघ बागलुङ नगर कमिटीका अध्यक्ष् निकेश अधिकारी, युवा संघ बागलुङ जिल्ला कमिटीका अध्यक्ष बुद्ध बोहरा, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य शेयर खड्का लगायत हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटीले शुक्रबार बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी विरणको जिम्मा पाएको संस्थाले नगरबासीलाई शुद्ध खानेपानी नखुवाएको भन्दै युवा संघले तालाबन्दी गरेको थियोे । संस्थाले धमिलो, अशुद्ध र खान योग्य नभएको पानी वितरण गरेर आम नागरिकको स्वास्थ्य माथि खेलवाड गरेकोले शुद्ध खानेपानीको माग गर्दै युवा संघले तालाबन्दी गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here