लागुऔषध सहित दुई जना पक्राउ

बागलुङ, २४ भदौ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट बागलुङ आउँदै गरेका गोरखा पालुङटार नगरपालिका–६ का १८ बर्षिय कृष्ण नेपाली र लागुऔषध लिन समिट चोकमा कुरिरहेका बागलुङ नगरपालिका–९ तित्याङका १९ बर्षिय अमृत परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताउनुभयो ।

बुधबार साँझ बा ३ ख ९११२ नम्बरको यात्रुबाहक माईक्रोबसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा बसका सहचाक नेपालीलाई बागलुङ नगरपालिका–१ मालढुंगा प्रहरी चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको रानाले बताउनुभयो । उहाँले उक्त लागुऔषध लिनको लागि बागलुङ नगरपालिका–२ समिटचोकमा कुरिरहेको अवस्थामा परियारलाई पनि पक्राउ गरिएको बताउनुभयो ।

उनीहरुको साथबाट ट्रामाडोल लागुऔषध ५८ पत्तामा ५७८ क्यपसु, नाइट्राजेपाम १ पत्तामा ९ क्यापसुल र २५ ग्राम गाँजाको धुलो लागुऔषध बरामद गरेको प्रनाउ रानाले बताउनुभयो । पक्राउ परेका दुई जनालाई प्रहरीले जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई लागुऔष्ध मुद्धामा थप अनुसन्धन गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here