बागलुङमा जेसीज सप्ताह हुने

बागलुङ, २४ भदौ । बागलुङमा यस वर्ष पनि जेसीज सप्ताह हुने भएको छ । बागलुङ जेसीजले शनिबारदेखि जेसीज सप्ताह–२०२२ गर्न लागेको मुल–संयोजक अन्जिला श्रेष्ठले बताउनुभयो ।

सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रम हुने महासचिव गणेश महतोले बताउनुभयो । उहाँले दोस्रो दिन आईतबार स्व. सत्यदेवी स्मृति स्लो बाईक रेस, तेस्रो दिन सोमबार तनाव व्यवस्थापन तालिम र चौथो दिन मंगलबार वाइवाई नृत्य प्रतियोगिता हुने बताउनुभयो ।

यस्तै पाँचौं दिन बुधबार स्थापना दिवस रहेकोले उक्त दिन रक्तदान कार्यक्रम, छैठौ दिन बिहिबार पिस प्यालेस फुटसल प्रतियोगिता र सातौं तथा अन्तिम दिन शुक्रबर समापन समारोह एवं स्व. प्रगति स्मृति बक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमकोे आयोजना गरिएको महासचिव महतोले बताउनुभयो ।

जेसिजकर्मीले सप्ताहलाई वार्षिक पर्वका रूपमा लिन्छन् । जेसीज बागलुङले यस वर्ष ‘प्रभावका लागी कार्य’ भन्ने मुल प्रकरण सहित सप्ताह मनाउन गइरहेको मुल–संयोजक श्रेष्ठले बताउनुभयो । रचनात्मक र सिर्जनशील कार्यक्रममार्फत समाजलाई सकारात्मक टेवा पु¥याउनु सप्ताहको उद्देश्य रहेको महासचिव महतोले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here