सन्दिप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।

हेर्नुहोस् नेपाल क्रिकेट संघको विज्ञप्ति

May be an image of flower and text that says ""Sports for Health, Sports for Nation" CAN च.नं. च.न./: No: नेपाल क्रिकेट संघ Cricket Association of Nepal मिति ၃၀၅၃ मिति-२०७९भाद्र२३ भाद्र २३ प्रेस बिज्ञप्ति नेपाली राष्ट्िय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठ्माण्डी जिल्ला अदालतबाट पक्राउ पुरजी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछ्ानेलाई राष्ट्िय क्रिकेट टिमबाट निलम्बन गरिएको छ। प्रशान्त विक्रम मल्ल कार्यवाहक सचिव GPO Box 20291, Mulpani Kathmandu, Nepal, Tet 977-1- 4912042,city office Naxal Tel:4418399"

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here