‘सञ्चार माध्यम व्यवस्थित गरौँ, नियन्त्रण होईन’

बागलुङ, १९ भदौ । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संसदमा प्रस्तुत भएको मिडिया विधेयक सञ्चार मैत्री नभएको टिप्पणी गर्नुभएको छ ।

बागलुङबाट प्रकासन सुरु गरेको हिडनखबर अनलाईनको भर्चुअल उद्घान पछि बोल्दै अध्यक्ष बस्नेतले मिडिया विद्येयक अधिनायकवादी सोच र विचारबाट प्रेणाीत भएको बताउनुभयो । राज्यले सञ्चार माध्यमलाई नियन्त्रण र कार्वाही भन्दा पनि त्यसको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड् थियो ।

‘प्रस्तुत मिडिया विद्येयक प्रेसमैत्री छैन’ उहाँले भन्नुभयो–‘सरोकारवाला पक्षसँग समन्वय र छलफल गरेर पुनर लेखन गर्नुपर्छ ।’ ‘लोकतन्त्र बलियो हुन नागरिकको आवाज चर्काे हुनुपर्छ’ उहाँले भन्नुभयो–‘सञ्चार क्षेत्रमा अंकुश लगाएर विधिको शासन स्थापित हुन सक्दैन ।’

सञ्चार क्षेत्र विकास र समृद्धिको साझेदार माध्यम भएको हुँदा त्यसको विकासमा राज्यले उचित ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । ‘नकरात्मकता मात्रै पत्रकारिता होईन’ अध्यक्ष बस्नेतले भन्नुभयो–‘समाजलाई परिवर्तन गर्ने, व्यक्तिको विचार निर्माण र निर्णय गर्ने क्षमताको विकासमा सञ्चार माध्यमले भुमिका खेल्नुपर्छ ।’

न्यु मिडियाको रुपमा चर्चित सञ्चारका माध्यमको निगरानी र व्यवस्थापनमा काउन्सील गम्भिर रहेको उहाँले बताउनुभयो । फेसबुक, युटुयुव जस्ता सञ्चारका माध्यमलाई जवाफदेही बनाउन आवश्यक सरकारसँग काउन्सीलले आवश्यक समन्वय र सहकार्य गरिरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद डाक्टर सूर्य पाठकले नागरिकका आवाज नियन्त्रण गर्ने गरी कुनै पनि विद्येयक पास नहुने बताउनुभयो । मिडिया काउन्सील विद्येयक छलफलकै क्रममा रहेकोले त्यसलाई आवश्यक संसोधन गर्न सकिने उहाँको भनाई थियो ।

नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले मोफलसलमा स्थापित स्वरोजगार मुलक सञ्चार माध्यमको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । स्थानीय तहले प्रदान गर्ने सुचना, विज्ञापनलाई व्यवस्थित र समानुपाति गर्न विशेष नीति अख्तियार गर्नुपर्ने उहाँको भनाई थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here