एमाले बागलुङले गर्‍याे ४ प्रदेश सदस्यको लागि १६ जनाको नाम सिफारिस

बागलुङ, १८ भदौ । प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले बागलुङले जिल्लाको ४ प्रदेश सभा सदस्यको लागि १६ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचन समन्वय कमिटिको बैठकले २ क्षेत्रको प्रत्यक्षतर्फ ४ प्रदेश सभा सदस्यको लागि १६ जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटी बागलुङका सचिव विष्णु भुसाले बताउनुभयो ।

प्रदेशसभा निर्वाचन समन्वय कमिटिको बैठकले बागलुङ क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ लागि ९ जनाको नाम सिफारिस गरेको छ । १ को ‘क’ उम्मेदवारको लागि नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटी सदस्य हरिनारायण गौतम र राम बहादुर जिसी, जिल्ला उपसचिव गणेश थापा र अखिल नेपाल महिला संघ बागलुङकी अध्यक्ष लक्ष्मी बोहराको नाम सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटी बागलुङका प्रबक्ता चन्द्र गणेश शर्माले बताउनुभयो ।

यस्तै १ को ‘ख’ उम्मेदवारको लागि नवराज पौडेल, पदम गिरी, धन बहादुर परियार र रुपा खनालको नाम सिफारिस भएको छ । परियार बागलुङ नगर कमिटिका अध्यक्षहुन् । पौडेल सल्लाकार परिषद सदस्य, गिरी प्रदेश सम्पर्क मञ्चका सचिव र खनाल बरेङ गाउँपालिकाकी महिला नेतृ हुन् ।

यसैगरी, प्रदेशसभा निर्वाचन समन्वय कमिटिले क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’को उम्मेदवारको लागि ७ जनाको नाम सिफारिस गरेको छ । २ को ‘क’ लागि विष्णु भुषाल, हिरामणी उप्रेती र यमकला घर्तीको नाम सिफारिस गर्दा २ कै ‘ख’ का लागि टंक पौडेल, लक्ष्मण पुन र लक्ष्मी सेन सुनारको नाम सिफारिस गरेको प्रबक्ता शर्माले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here