प्रदेशस्तरीय खेलाडी छनोटः महिला भलिबलमा बागलुङको विजयी सुरुवात

पोखरा, १६ भदौ । गण्डकी प्रदेशस्तरिय खेलकुद प्रतियोगिता–२०७९ अन्तर्गत महिला भलिबलमा बागलुङले विजयी सुरुवात गरेको छ ।

नवौं खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदनेशको खेलाडी छनोटको लागि जारी प्रतियोगितामा बिहिबार महिला भलिबल तर्फ बागलुङ, कास्की, लमजुङ र स्याङ्जाले विजयी सुरुवात गरेका छन् ।

पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा बागलुङले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । बागलुङले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१७ मा आफ्नो पक्षमा पार्दै विजयी भएको हो ।

त्यसभन्दा अगाडी पोखरा रंगशालाको बहुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा कास्कीले नवलपुरलाई पराजित गरेको छ । कास्कीले नवलपुरलाई सोझो सेटमा पराजित गरेको हो ।

कास्कीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ मा नवलपुुरलाई पराजित गरेको हो । पर्वत र लमजुुङबीचको खेलमा लमजुङ विजयी भएको छ । लमजुङले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो । लमजुङले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२२ ले पर्वतलाई पराजित गरेको हो ।

बहुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा नै स्याङ्जाले मुस्ताङलाई सोझो सेटमा पराजित गरेको छ । स्याङ्जाले मुस्ताङलाई पहिलो सेटमा २५–०३ र दोस्रो सेट २५–११ मा पराजित गरेको हो । आजबाट सुुरु भएको छनौट खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु पोखरा आएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here