इस्कोन बागलुङको सचेतना सप्ताह शुरुवात

बागलुङ, ११ भदौ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) बागलुङले शनिबारदेखि सचेतना सप्ताह शुरु गरेको छ ।

सप्ताहको पहिलो दिन चिप्लेटी बसपार्क र बजारको मुख्य क्षेत्र तथा चोक सरसफाई गरेर सप्ताहको सुरुवात गरेको हो । सरसफाई कार्यक्रममा सदरमुकाम स्थित विभिन्न विद्यालयका विद्यार्थी स्वयमसेवी रुपमा परिचालन गरिएको थियो ।

इस्कोन नेपाल, बागलुङ शाखाले वर्षेनी आयोजना गर्दै आएको सचेतना सप्ताह यस बर्ष पनि विशेष सन्देशमूलक कार्यक्रम गरी मनाईने इस्कोनका केन्द्रीय उपाध्यक्ष तथा बागलुङ प्रमुख परमेश्वर अच्युत दासले बताउनुभयो ।

आध्यात्माको राम्रो पक्ष वा रहस्य नै सरसफाई भएको उल्लेख गर्दै दासले सरसफाई केवल वातावरणीय र शारीरीक कुराको मात्र नभई मानसिक एव्म आध्यात्मिक किसिमको पनि हुने र नगरसफाई , योग, ध्यान, जप अदिजस्ता कार्यक्रमले वातावरण, शरीर, मन तथा आत्माको पनि एकैसाथ मार्ज गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here