फेक डकुमेन्टको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई बानपाको जागिर

बागलुङ, ११ भदौ । बागलुङ नगरपालिकाले नक्कली कागजात बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेकै व्यक्तिलाई कर्मचारीमा छनोट गरेको छ । बागलुङ नगरपालिकामा सञ्चालित सुरक्षित आप्रबासन परियोजना (आप्रबासी स्रोत केन्द्र) परामर्शकर्तामा नगरपालिकाले अख्तियारी दुरुपयोगको आरोप लागेकी बागलुङकी निर्मला कुमारी शर्मा गौतमलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

यसअघि सेवा प्रदायक संस्था बिवाईसी बागलुङमार्फत सञ्चालन हुँदै आएको परियोजनामा गौतम सोही पदमा गत असार १ गते नियुक्त भएकी थिईन् । सोही समयमा नक्कली कागजात बनाई पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको थियो । असार मसान्तपछि नगरपालिका आँफैले परियोजना सञ्चालन गर्नेगरी सेवा प्रदायकसँगको सम्झौता रद्ध गरेको थियो ।

उनको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखरामा ‘बागलुङ एनजिओ सिवाईसीले निर्मला गौतम भन्ने फेन्सी व्यापारिलाई सामाजिक परिचालनको अनुभव प्रमाणित गरि नक्कली सामाजिक परिचालनको काम बारम्बार गर्ने गरेको, त्यही अनुभवलाई बिवाईसीले गुरु मानेर योग्य मानिस फालेर सामी प्रोजेक्टमा जागिरमा छनोट गरिएको’ भन्दै उजुरी परेको थियो ।

नगरपालिकाले सूचना प्रकाशन गरेर कर्मचारी मागेपछि गौतमले पुनः फाराम भरेकी थिईन् । आयोगको गत साउन २६ गतेको बैठकले उनी बिरुद्धको उजुरीमा छानविन तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्राचार गरेको थियो । तर भदौ ४ गते भएको छनोट परीक्षामा सहभागी बनाएर भदौ ९ गते नतिजा प्रकाशन गरी नगरपालिकाले गौतमलाई सिफारिस गरेको हो ।

प्रशासनलाई छानविन गर्न अख्तियारले पत्रचार गरेपनि सहायक प्रमुख जिल्ला अधिकारी विज्ञ रहेको कर्मचारी छनोट समितिले अनुसन्धान भइरहेकी शर्मालाई कर्मचारीमा छनोटको लागि सिफारिस गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले अख्तियारमा उजुरी परेको भएपनि दोषि प्रमाणित नहुँदासम्म योग्य भए जागिर खान सक्ने बताउनुभयो । उहाँले यस विषयमा छानविन गर्नुपर्ने र दोषि प्रमाणित भए कारवाही हुनुपर्ने बताउनुभयो ।

यता बागलुङ नगरपालिकाले अख्तियारमा मुद्धा परेको र अनुशन्धान भइरहेको जानकारी नभएको बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले अख्तियारले छानविन गरेको विषयमा कुनै जानकारी नभएको र हल्ला सुनेपछि प्रमाणित नहुँदासम्म नगरपालिकाले केहि गर्न नसक्ने बताउनुभयो । ‘अख्तियारले छानविन गरेको बिषय पनि हामीलाई जानकारी छैन्, कागजातको बिषय पनि थाहा भएन्’ बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले भन्नुभयो–‘त्यसबारे हल्ला सुनेपनि प्रमाणित नहुँदासम्म हामीले केही गर्न मिल्ने कुरा भएन् ।’

बागलुङ नगरपालिकाले अपनत्व लिएपछि कार्यक्रम सांयोजक १, सामाजिक परिचालन अधिकृत १, आप्रवासी श्रोत केन्द्र परामर्शकर्ता २, मनोसामाजिक परामर्शकर्ता १, बित्तीय साक्षरताकर्ता १, रिटनिस स्वयमसेवक ३ जना कर्मचारी छनोट गरेको छ । त्यहिं क्रममा गौतम दोस्रो पटक छनोट भएकी थिईन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here