
दिवस कंडेल
बागलुङ, १० भदौ । बाग्लुङको काठेखोला गाउँपालिका–५ बिहुकोटको नवयुवक आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । हेलम्बु एजुकेशन एन्ड लाइभ्लिहुड पार्टनरसिप नेपाल (हेल्प नेपाल)ले बिद्यालयमा रहेका १ सय २२ जना विद्यार्थीलाई बिहिबार झोला सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
शैक्षिक सामाग्री कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका महाधिवेशन प्रतिनिधि तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले विद्यार्थीहरुलाई शिक्षामा लगनशिल भएर पढ्न हौसला प्रदान गर्न शैक्षिक सामाग्री हस्तान्तरणले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थिलाइ शिक्षामा लगनशिल भएर लाग्न प्रेरित गर्न र समाज परिवर्तनका लागि सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो ओहदामा रहेर नेतृत्व लिनुपर्ने बताउनुभयो ।
हेलम्बु एजुकेशन एन्ड लाइभ्लिहुड पार्टनरसिप नेपाल (हेल्प नेपाल) का कार्यक्रम संयोजक अमृत तिवारीले नेपालका विभिन्न सामुदायिक विद्यालयमा सहयोग गर्दै आइरहेको बताउँदै बागलुङका ४ ओटा विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा उक्त बिद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटा, नेपाल शिक्षक संघ बाग्लुङका अध्यक्ष उमाकान्त पौडेल, नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा‘बाबु’, काठेखोला गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष ज्ञामनाथ कंडेल लगायतले हेल्प नेपाल संस्थाले विद्यालयमै आएर गरेको सहयोगले शैक्षिक गुणस्तर सुधारका निम्ती महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका अमृता नेपाली र संचालन शिक्षिका नन्दकुमारी ठकुरी ‘रितु’ले गर्नुभएको थियो ।